काठमाडौं, फागुन २२। दुई दशकभन्दा लामो प्रतीक्षापछि मेलम्चीको पानी शनिबार काठमाडौं उपत्यकामा झर्दैछ। शनिबार दिनको २ देखि ४ बजेभित्र मेलम्चीको पानी सुन्दरीजलमा झर्ने मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले जानकारी दिए।
मेलम्ची खानेपानीको मुख्य सुरुङमार्ग अम्बाथानबाट अघि बढेको पानी सिन्धु अडिटमार्गसम्म ओह्राले भएकाले पनि छिटो भरिएको आयोजानले जानकारी दिएको छ ।
उनका अनुसार मेलम्चीको पानी सुन्दरीजल झर्ने निश्चित भएपछि साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओली अवलोकनमा निस्कने कार्यक्रम तय भएको छ।
एक किलोमिटर उकालो चढेपछि फेरी ओह्राले हुँदै सुन्दरीजलको पानी प्रशोधन केन्द्रमा पानी झर्ने छ । शनिबार रातभर मेलम्चीको पानी वागमती नदीमा पठाइने र आइतबार पुन मुहानस्थलमा नै पानी फर्काउने तयारी मेलम्ची ले गरेको छ ।
गएको असारमा पहिलो पटक असफल भएपछि गत फागुन १० गते दोस्रो पल्ट मेलम्ची पानी पथान्तरण थालिएको थियो।







