
बुटवल, फागुन २५ । लियो क्लब अफ बुटवलको ३५ औ अधिवेशनबाट रमेश न्यौपाने अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छ्न ।
तिलोत्तमाको वनवाटिकामा एक समारोहकाविच निर्वाचन प्रक्रियाबाट न्यौपाने अध्यक्ष भएका हुन् । वर्ष २०२१/२२ लाई उत्कृष्ट बनाउन समाजका लागि रचनात्मक, शृजनात्मक, अनुकरणीय कार्य गर्ने न्यौपाने ले बताए ।
युवाहरूलाई समाजसेवा सङसङै नेतृत्व विकास मा पनि अगाडि बडाउदै लैजाने उनले थपे।कार्यक्रम लियो क्लब अफ बुटवलका अध्यक्ष हिमाल भुषाल को अध्यक्षता,लियो सल्लाहकार दिनेश प्रसाद श्रेष्ठ ,पुर्व अध्यक्ष समिति बज्राचार्य ,महेश खनाल, अभिनास श्रेष्ठको आतिथ्यतामा सम्पन्न भएको थियो।
पुर्व अध्यक्ष महेश खनालले निर्वाचन अधिकृत को भुमिका वहन गर्दै,निर्वाचित टिमलाइ बधाई तथा सुभकामना व्यक्त गरे।