काठमाडौँ, बैशाख ११ । त्रिकोणात्मक टी २० सिरिज अन्तर्गत आज उपाधिका लागि नेपाल र नेदरल्याण्डसँग खेल्दै छन् । त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १ बजेबाट फाइनल खेल शुरु हुने छ ।
डबल राउण्ड रोविन लिग अन्तर्गत भएको खेलमा नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा पुग्दा नेदरल्याण्ड दोस्रो स्थानमा रहँदै फाइनल पुगेको हो ।
समूह चरणमा पहिलो खेलमा नेपाल नेदरल्याण्डलाई ९ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा तीन विकेटले पराजित गरेको थियो । नेपालले समूह चरणमा मलेसियालाई पहिलो खेलमा नौ विकेट र अर्को खेलमा ६९ रनको जित निकालेको थियो ।







