काठमाण्डौं, वैशाख १२ । पछिल्लो २४ घण्टामा थप तीन हजार १२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षण र एन्टिजेन परीक्षणमा तीन हजार बढीमा संक्रमण पुष्टि भएको हो ।
९ हजार २९२ जनाको पीसीआर परीक्षाण गर्दा तीन हजार ३२ र सात सय ८६ जनाको एन्टिजेन परीक्षणमा ९० गरेर आइतबार तीन हजार १२२ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार अहिले देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ३९२ रहेको छ ।