• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

‘श्रमजीवी पत्रकारको समस्या समाधानका लागि जोड’


  •    रासस / २०७८, १३ बैशाख सोमबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, वैशाख १३। विभिन्न समाचार माध्यममा कार्यरत सम्पादकले समाचार कक्षसँगको सम्बन्ध सुमधुर बनाएमात्र श्रमजीवी पत्रकारको समस्या समाधानका लागि सहज हुने बताएका छन् ।

    नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश समितिले आइतबार विभिन्न सञ्चारमाध्यममा कार्यरत सम्पादकसँग गरेको छलफल तथा बहसमा उनीहरुले महासङ्घका सदस्य र सम्पादकमात्र नभएर सञ्चार उद्यमीसँग निरन्तर संवाद गरेमात्र श्रमजीवी पत्रकारको समस्या समाधान हुने बताएका हुन् । कार्यक्रममा नागरिक दैनिकका सम्पादक गुणराज लुइँटेलले पत्रकार महासङ्घमा व्यावसायिक पत्रकारको उपस्थिति बढ्दै जानु खुशीको कुरा भएको बताउँदै महासङ्घले श्रम सुरक्षासँगै व्यावसायिक दक्षतामा पनि ध्यान दिनुपर्ने बताए ।

    इकागज डटकम अनलाइन मिडियाका प्रधान सम्पादक हरिबहादुर थापाले श्रमजीवी पत्रकारका समस्याका बारेमा महासङ्घ चनाखो भएर लाग्नुपर्ने बताए । महासङ्घ चुप लागेर बस्दा कतिपय विषय पूरा हुन नसक्ने उनको भनाइ थियो । रिपब्लिका दैनिकका सम्पादक सुवास घिमिरेले महासङ्घ, सम्पादक र पत्रकारबीच ‘मिस कम्युनिकेसन’ हुँदा पत्रकारका समस्या समाधान हुन नसकेको बताए ।

    नेपाल बहस डटकम अनलाइनका प्रधान सम्पादक चेतन अधिकारीले पत्रकार महासङ्घ व्यावसायिकभन्दा पनि राजनीतिक चरित्रको भएको बताए । सञ्चारिका समूहका अध्यक्ष नितु पण्डितले श्रमजीवी पत्रकारका लागि महासङ्घले निरन्तर आवाज उठाउनुपर्ने बताइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.