प्यूठान, वैशाख १३ । प्यूठानमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
सोमवार विहान प्यूठान नगरपालिका २ आरनेटामा जंगलमा सडकबाट तल खस्दा सोहि ठाउँका ७८ वर्षीय शिव प्रसाद खत्रिको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।
क्वाडिबाट फर्कने क्रममा आरनेटा जंगलमा सडकबाट करिव १० मिटर तल खसेको अवस्थामा खत्रीको शव फेला परेको हो ।
घटनावारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।







