
प्यूठान, वैशाख १४ । प्यूठानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
सरुमारानी गाँउपालिका–१ बाङ्गेशालका ४० वर्षीय पुरुषकोे होम आइसोलेसनमै आज बिहान ७ बजे मृत्यु भएको सरुमारानी गाउँपालिकाका स्वास्थ्य संयोजक टेकेन्द्र रायमाझीले जानकारी दिए ।
१५ दिन अगाडी भारतको पन्जाबबाट आई घरमै बसेका थिए । शारीरिक समस्या आएकाले उपचारका लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा कोरोना पुष्टि भएको र थप उपचारका लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको थियो ।