
प्यूठान, वैशाख १४ । प्यूठानका सवै विद्यालय वैशाख मसान्तसम्मका लागि बन्द हुने भएका छन् ।
मंगलबार बिहान बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको आकस्मिक बैठकले बुधवारबाट लागु हुने गरी जिल्लाका विद्यालयका सम्पूर्ण पठनपाठन, परीक्षा सवै बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए । विद्यालय बैशाख २९ गतेसम्म बन्द रहने उनको भनाई छ ।
विद्यार्थीहरुमा समेत कोरोना भाईरस संक्रमण देखा परेपछि विभिन्न विद्यालय र पालिकाहरुले विद्यालयको पठनपाठन बन्द गरेका थिए ।