अर्घाखाँची, वैशाख १६ । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल जिल्ला कार्य समिति अर्घाखाँचीकोे आयोजनामा अर्घाखाँचीमा भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ ।
आज सन्धिखर्क अर्घाखाँचीमा एक कार्यक्रम गरी भित्ते पात्रोको विमोचन गरिएको राष्ट्रिय दलित पत्रकार संघ, नेपाल जिल्ला कार्य समिति अर्घाखाँचीका अध्यक्ष सागर परियारले जानकारी दिनुभयो ।
प्रमुख अतिथि सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसाल रहनुभएको कार्यक्रममा उपप्रमुख ठाकुर कुमार बि.क, जिल्ला न्यायाधीश बासुदेव न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, नेपाल पत्रकार महासंघ नेपाल अर्घाखाँची जिल्ला अध्यक्ष अशोक खनाल, प्रदेश सदस्य प्रेम नारायण आचार्य लगाएतको उपस्थित रहेको थियो । उपस्थित अतिथिकोे हातबाट पात्रो बिमोचन गरिएको हो ।







