• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

कोरोना संक्रमणबाट दैलेखमा गर्भवतीको मृत्यु


  •    सुचना डबली डेस्क / २०७८, १७ बैशाख शुक्रबार प्रकाशीत

  • Advertisement

    काठमाडौं, वैशाख १७ । दैलेखमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट गर्भवतीको मृत्यु भएको छ ।

    नारायण नगरपालिका–६ की २७ वर्षीया गर्भवतीको मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले जानकारी दिए ।

    शुक्रबार बिहान साढे ११ बजे अस्पताल पुर्‍याइएकी ती महिलाको एक घण्टापछि मृत्यु भएको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक रेग्मीले जानकारी दिए । ती महिलाको बच्चा जन्मने मिति नाघिसकेको थियो ।

    सुत्केरी हुने मिति २०७७ चैत्र २८ गते रहेको दैलेख अस्पतालले जनाएको छ । बच्चा जन्मने मिति नाघिसकेकाले दैलेख अस्पतालले वैशाख १२ गते नै सुर्खेत रिफर गरिसकेको थियो । यद्धपी परिवारले सुर्खेत नलिइ घरमै राखेको थियो । ‘बच्चा जन्मने मिति नाघिसकेकाले शल्यक्रियामार्फत प्रसूति गराउनुपर्ने हुनसक्छ भनेर हामीले वैशाख १२ गते नै सुर्खेत रिफर गरिसकेका थियौं, आमा र बच्चाको अवस्था राम्रो थियो, दैलेख अस्पतालका डा। जगत थापाले भने । घरपरिवारले हेलचक्राई गरेका कारण गर्भवती महिलाको मृत्यु भएको डा। थापाको भनाइ छ ।

    अस्पतालले सुर्खेत रिफर गरेपनि घरमै बसेकी ती महिला शुक्रबार बिहान मात्रै पुःन अस्पताल पुगेकी थिइन् । गम्भीर अवस्थामा अस्पताल ल्याइएकी ती महिलाको मृत्यु भएको हो । मृत्युपछि कोरोना भाइरस (कोभिड–१९) संक्रमणको लक्षणहरु देखिएकाले परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । एन्टिजेन परीक्षणमा ती महिलालाई कोरोना संक्रमण पुष्टि भएको डा। थापाले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.