काठमाडौँ, वैशाख १८ । दाङमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत तुलसीपुर उपमहानगरपालिका–१२ की कोरोना संक्रमित ४६ वर्षीया महिलाको मृत्यु शुक्रबार राति करिब २ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
वैशाख ११ अस्पतालको आइसियुमा भर्ना भएकी उनलाई निमोनियासँगै कोरोना संक्रमण पुष्टि भएको थियो ।