
काठमाडौं, वैशाख १८ । सनराइजर्स हैदराबादले केन विलियम्सनलाई कप्तान नियुक्त गरेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) टिम हैदराबादले शनिबार विलियम्सनलाई कप्तान नियुक्त गरेको हो ।
हैदरावबादले डेभिड वार्नरलाई कप्तानीको जिम्मेवारीबाट हटाएर उनलाई नियुक्त गरेको हो । विलियम्सनले यो सिजनका लागि कप्तानको जिम्मेवारी पाएका हुन् ।
यो सिजन हैदराबादले ६ मध्ये पाँच खेलमा हार व्यहोरेको छ । हैदरावादले जम्मा २ अंक जोडेको छ ।