काठमाडौं, वैशाख १९ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्री ढकालको सचिवालयका अनुसार उनीहरुको आइतबार गरिएको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । यस्तै ढकालको धर्मपत्नी इन्दिरा फुयाँललाई पनि कोरोना पोजेटिभ देखिएको छ ।
दुबै जना अहिले निवासमा आइसोलेसनमा रहेको सचिवालयको भनाइ छ ।