प्युठान, साउन ६ । समाज परिवर्तनको लागि हाम्राे अभियान फेसबुक ग्रुपले विगत ३ महिना देखि दुबैखुट्टा असक्त बनाइ घरमा नै वस्नु भएका प्यूठान नगरपालिका वडा नं. २ क्वाडि निवासी ६४ वर्षिय श्री डुक बहादुर धामीलाई खाद्यान्न सहयाेग गरेको छ ।
ग्रुपले मंगलवार धामिको घरमै पुगेर ६ हजार बराबरको खाद्यान्न सहयोग गरिएको अभियान्ता हेमन्त पाठकले जानकारी दिनुभयो ।
ग्रुपले धामी विगत ३ महिना देखि दुबैखुट्टा असक्त बनाइ घरमा नै वस्नु भएकाे खबर पाए पश्चात सहयाेग संकलन अभियान चलाएको थियो ।







