• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

प्यूठानमा लुम्विनी प्रदेश स्तरीय हाप्किडो च्याम्पियनसिप हुने


  •    सुचना डबली डेस्क / २०७८, ११ श्रावण सोमबार प्रकाशीत

  • Advertisement

    प्यूठान, साउन ११ । प्यूठानमा लुम्विनी प्रदेश स्तरीय हाप्किडो च्याम्पियनसिप प्रतियोगिता आयोजना हुने भएको छ ।

    नेपाल मार्शल आर्ट्स हाप्किडो संघ, प्यूठानको आयोजना तथा माण्डवी गाउँपालिकाको आर्थिक सहयोगमा असोज तेस्रो साता उक्त प्रतियोगिता हुने छ । सोमवार संघले प्यूठानमा एक पत्रकार सम्मेलन गर्दै प्रतियोगिता असोज १६ देखि १८ सम्म माण्डवी गाउँपालिकामा सञ्चालन हुने जानकारी दिएको छ । प्रतियोगितामा लुम्विनी प्रदेशका १२ जिल्लाका खेलाडीहरुले सहभागिता जनाउने नेपाल मार्शल आर्ट्स हाप्किडो संघ जिल्ला समिति प्यूठानका अध्यक्ष मुक्ति पोख्रेलले जानकारी दिए ।

    खेलकुद मार्फत युवाहरुको शारिरीक वृद्दि, विकास र त्यसमार्फत राष्ट्रको इज्जत थप उचो बनाउने खेलाडी उत्पादन गर्ने उदेश्य रहेको पोख्रेललेले जानकारी दिए । आत्मविश्वास, आत्मअनुसाशन, आत्मरक्षा र स्वस्थ रहनको लागि यस प्रतियोगिताले मद्धत पुग्ने पोख्रेलले विश्वास राखे । कार्यक्रममा प्रमुख अतिथि संघका केन्द्रिय महासचिव शुवर्ण बि.सी.ले प्रत्येक स्थानीय तहले खेलकुदसँगै हाप्किडोका कार्यक्रमहरुलाई प्राथमिकतामा राख्नुपर्ने बताएका थिए ।

    प्रतियोगितामा २०, २५, ३०, ३५, ४०, ४५, ५०, ५५, ६०, ६५ र ७० गरी ११ तौल समूहमा प्रतिष्पर्धा हुनेछ । प्रत्येक तौल समूहमा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीहरुले क्रमश १५ हजार, १० हजार र ७ हजार नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र पाउने छन् । खेलको उदीयमान, उत्कृष्ट र अनुसाशित खेलाडीले पनि पुरस्कार पाउने छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.