प्यूठान, साउन १५ । ऐरावती गाउँपालिका अन्र्तगत पर्ने पुरन्ठाटी स्वास्थ्य चौकीमा कार्यरत अ.न.मी. बसन्ता के.सीले आफ्नो जन्मदिनको अवसरमा विपन्न एकल महिलालाई खाद्यान्न संगै कपडा सहयोग गरेकी छिन ।
के.सी.ले ऐरावती गाउँपालिका वडा नं २ बरौला धारपाटाकी एकल महिला ज्योती सुनारलाई जन्मदिनको अवसरमा खाद्यान्न संगै कपडा सहयोग गरेकि हुन । जन्मदिनको अवसरमा फजुल खर्च गर्नुभन्दा केही सामाजिक काम गर्ने उदेश्यले एकल महिला ज्योतीलाई उक्त सामाग्री सहयोग गरिएको हो । पछिल्लो समय फजुल खर्च गरेर जन्मदिन मनाउने गरिन्छ, के.सी.ले भने,–‘फजुल खर्च गर्नुको साटो उक्त महिलालाई खाद्यान्न सहयोग गरेको हुँ । ’ अनमी के.सी.ले खाद्यान्न सामाग्री(१० केजी चामल, १ क्यारेट अण्डा, २ केजी दाल, १ केजी स्वाईविन, १ केजी आलु, १ लिटर तेल लगायत) र ज्योती र ज्योतीको १० महिनाको छोरी जष्टिनालाई कपडा सहयोग गरेको हो ।
ज्योतीले जन्मदिनको अवसरमा खाद्यान्न संगै कपडा सहयोग गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा समेत सहयोग गर्न आग्रह गरिन ।







