• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football खेलकुद बुटवल cricket koche nepal.com power news covid-19 messi sports nepal sandeep

देशभर वर्षा, मध्य क्षेत्र बढी प्रभावित, मङ्गलबारपछि वर्षा कम हुने


  •    रासस / २०७८, १३ भाद्र आईतवार प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    काठमाडौँ, भदौ १३ । विगतमा हिमाली र पहाडी क्षेत्रमा वर्षाले ठूलो क्षति गरायो । विभिन्न जिल्लमा पहिरो खसेर खोला र नदीसमेत थुनिँदा तल्लो तटीय क्षेत्रका बासिन्दाको उठिबास लाग्यो । कति मानिसको अकालमै ज्यान गयो भने अझै धेरै हराइरहेका छन् । वर्षापछिको बाढी, पहिराले सिन्धुपाल्चोक, मनाङलगायत दुई दर्जन बढी जिल्ला प्रभावित पा¥यो । सिन्धुपाल्चोक जिल्ला पछिल्ला केही वर्षमा बढी प्रभावित हुनेमा पर्छ । त्यसबेला दुई पटक परेको भारी वर्षाले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा सताब्दीकै ठूलो क्षति भएको भूगर्भविद्को दाबी छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालका अनुसार नेपालमा मनसुन भित्रिएपछि आजसम्म बाढी पहिराले ९४ जनाको मृत्यु भएको र ४४ जना बेपत्ता भएका छन् । झण्डै छ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । २५ जलविद्युत् आयोजना, २९ वटा मोटरेवल र २९ वटा झोलङ्गे पुलमा क्षति भएको छ । झण्डै ८०० घर पूर्ण क्षति भएको छ ।

    नेपालमा जेठ २८ मा मनसुन भित्रिएको थियो भने जेठ ३० गते देशैभर फैलिएको थियो मनसुन असोजको मध्यबाट हट्ने छ । मौसम विज्ञान विभागले यो वर्ष औसतभन्दा बढी नै वर्षा हुने आँकलन गरेको थियो । विगतमा हिमाली र पहाडी क्षेत्रमा परेको भारी वर्षा यसपाली मध्य नेपालको तराई क्षेत्रमा देखियो । यद्यपि मुलुकभर नै भदौरे झरी जारी छ । त्यसकारण हजारौँ घर डुबानमा परेको छ । अहिलेसम्म चार हजार घर डुबानमा परेको प्रहरीको तथ्याङ्क छ । प्राप्त विवरणअनुसार विभिन्न जिल्लामा पछिल्लो तीन दिनदेखिको वर्षापछिको बाढी, पहिरो र डुबानका कारण नौ जनाको मृत्यु भइसकेको छ । अन्य छ जना बेपत्ता भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता आर्यालले जानकारी दिए । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज र सोमबार पनि वर्षा जारी रहने तर मङ्गलबारबाट भने विस्तारै खुल्दै जाने जानकारी दिएको छ ।

    यद्यपि वर्षा केही घट्दो क्रममा नै रहेको मौसमविद्को भनाइ छ । मौसमविद् समीर श्रेष्ठले आज पनि वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशमा वर्षा भइरहेको जानकारी दिए । उनले आज राति पनि नेपालको पश्चिम क्षेत्रमा भारी वर्षा हुने जानकारी दिए । गण्डकी लुम्बिनीसहित कर्णाली र सुदूरपश्चिममा समेत पानी पर्नेछ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी कपिलवस्तुमा १८२ मिलिमिटर पानी परेको छ । चितवनमा १२७, पाल्पामा १२४ र नवलपरासीमा ११५ मिलिमिटर पानी परेको छ । वर्षा जारी रहेकाले प्राधिकरणले क्षति कसरी कम गर्न सकिन्छ र जोखिमबाट मानिसलाई कसरी जोगाउन सकिन्छ भनेर आज दातृ निकायका प्रतिनिधिसहितको समन्वयात्मक बैठक आयोजना गरेको थियो । बैठकमा रुपन्देही र आसपास एक दिनमा ४५० मिलिमिटरसम्म पानी परेको जानकारी गराइएको थियो । अझै पनि गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही खोलामा बहाव बढ्ने देखिन्छ । गण्डकी नदी अहिलेकै अवस्थामा रहने देखिन्छ भने कोशीमा बहाव बढेको नभई थेग्य्रान बढेकाले नदीमाथि आएको हुँदा डुबान हुने सम्भावना कायमै छ । साना खोलामा भने बाढी बढ्नसक्ने र ठूला नदीमा घट्टो क्रममा रहेको जनाइएको छ ।

    जमिन गलिसकेकाले थोरै पानी पर्दा पनि जोखिम बढ्नसक्नेतर्फ सचेत हुन अनुरोध गरिएको छ । स्याटलाइट तस्बिरको विष्लेषण गरी पश्चिम क्षेत्रको बाढी अवस्था हेर्दा झण्डै ९५ हजार मानिस बाढीबाट प्रभावित हुने अनुमान गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले स्वास्थ्य संस्था क्षति भएको जानकारी प्राप्त नभएको र आवश्यक स्वास्थ्य सामग्री, जनशक्ति सबै तयारी अवस्थामा राखिएको जानकारी दिए । नवलपरासी, रुपन्देही, कपिलवस्तुलगायत जिल्लामा चार हजार ५०० घर डुबानमा परेको जनाइएको छ । डुबेकामध्ये १० प्रतिशत पूर्ण क्षति छ । एक हजार घरका मानिस अहिले विस्थापित भएको र कतिपय ठाउँमा रोगब्याधि निम्तिन सक्नेतर्फ सचेत हुन भनिएको छ । मौसमविद् राजु प्रधानाङ्गले पानी पार्ने न्यूनचापीय रेखा तल झर्न थालिसकेको जानकारी दिए । मङ्गलबार भने पूर्वतर्फ प्रभाव पार्ने उनले बताए । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले यस वर्ष मनसुनको आधा समय पार गरेर आउँदा विगतमा शताब्दीभर नभोगेका घटना बेहोर्नुपरेको बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल विश्वकप क्वालिफायरमा
    अनेरास्ववियु(क्रान्तिकारी)द्वारा बुटवल बहुमुखी क्याम्पसमा विद्यार्थी सम्पर्क समिति गठन
    सिद्धार्थ क्याम्पसमा अर्घाखाँची-रुपन्देही समन्वय समिति गठन
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. नेपाल विश्वकप क्वालिफायरमा

    • २. कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको सचेतकमा निमा गिरी नियुक्त

    • ३. स्ववियु निर्वाचन : उत्साहजनक उम्मेदवारी दर्ता

    • ४. उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी

    • ५. जाल्पा लघुबित्तका शाखा प्रमुख भण्डारीद्वारा जन्मदिनको अवसरमा शैक्षिक सामाग्री सहयोग

    धेरै पढिएको
    • १. नेपाल विश्वकप क्वालिफायरमा

    • २. कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको सचेतकमा निमा गिरी नियुक्त

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    अध्यक्ष:शिशिर के.सी.

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:टुआर क्षेत्री

    सम्पर्क

    का.म.पा. २९ अनामनगर

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.