• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’को ‘फस्ट लुक’ तथा ‘टिजर’ सार्वजनिक


  •    सुचना डबली डेस्क / २०७८, १ आश्विन शुक्रबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, असोज १ । बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’को ‘फस्ट लुक’ तथा ‘टिजर’ सार्वजनिक गरिएको छ ।

    ‘द पाल्म ग्रुपद्वारा’ निर्माण गरिएको चलचित्र ‘टुल्की’को ‘टिजर’ बुधबार काठमाडौंमा सार्वजनिक गरिएको चलचित्र निर्माता शेखर लामाले जानकारी दिए । उनका अनुसार चलचित्र हिमाली जिल्ला डोल्पामा छायाङ्कन गरिएको छ ।

    चलचित्रले उच्च हिमाली भेगमा प्रचलनमा रहेको बहुपति प्रथाको कथालाई उजागर गर्न खोजेको निर्माता लामाले बताउनुभयो । ‘टुल्की’ले डोल्पाको तल्लो भेगमा रहेको ब्राह्मण बस्तीमा हुर्किएकी चेली र माथिल्लो डोल्लाको शेर्पा समुदायमा हुर्केका केटाबीचको प्रेम सम्बन्धलाई समेटेको छ ।’ लामाले भने, ‘प्रेमविवाह गरेर केटी माथिल्लो डोल्पा पुग्छिन्, संस्कारका नाममा घरका सबै भाइको जबर्जस्ती यौनप्यास मेटाउने माध्यम बन्छिन्, त्यसपछि ‘टुल्की’ले बदलाको भावना लिँदै आफूसहित सबै घरपरिवारको हत्याको बाटो रोज्छिन् । यसरी कथा अघि बढ्छ,’ ।

    चलचित्रमा फरक संस्कारमा हुर्केकी ‘टुल्की’को जीवनमा संस्कारका नाममा आइपरेको सामूहिक यौनशोषणको कहालीलाग्दो घटनालाई विशेष रूपमा प्रस्तुत गरिएको उनले बताए । बहुपति प्रथामा घरका कुनै एक भाइले बिहे गरेपछि अन्य कुनै पनि भाइले बिहे गर्नुपर्दैन भने तिनै महिलाबाट सबै भाइले सामूहिक सन्तान जन्माउने र घर गृहस्थी चलाइन्छ । यो चलचित्र निर्माणका लागि झन्डै चार वर्ष अनुसन्धान गर्नुपरेको र निर्माणमा करिब एक करोड रुपैयाँ खर्चेको निर्माण पक्षले जनाएको छ ।

    नेपालमा अहिलेसम्म बनेका सबै चलचित्रभन्दा भिन्दै र फरक सन्देशमूलक रहेको निर्माण पक्षको दाबी छ । चलचित्रको निर्देशन तथा छायांकन देवजंग थापाले गरेका छन् भने वरिष्ठ कलाकार शिशिर वाङ्देल, स्वस्तिमा कार्की, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, सोफिया लिम्बू, दीर्घ लामा, रत्नप्रसाद न्यौपाने, हिमाली न्यौपाने, भक्तसिंह कठायतलगायतका कलाकारको अभिनय रहेको छ ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.