काठमाडौँ । आज बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।
हिजो सोमबार कारोबार नभएको सुनको भाउ अघिल्लो कारोबारको दिन तोलामा ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज छापावाला सुनको भाउ तोलामा १ सय रुपैयाँले बढेर ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, आज तेजाबी सुनको भाउ पनि बढेको छ । आज तोलामा १ सय रुपैयाँले नै बढेर ९० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।







