काठमाडौँ । इंग्लिस प्रिमियर लिग क्लब न्युकासलले मुख्य प्रशिक्षक स्टिभ ब्रुसलाई बर्खास्त गरेको छ ।
न्युकासलले बुधबार मुख्य प्रशिक्षक ब्रुसलाई बर्खास्त गरेको हो ।
साउदी कोषले न्युकासललाई किनेपछि उनी बर्खास्तमा पर्ने अनुमान गरिएको थियो । तर, उनले आइतबार टोटेनहमविरुद्धको खेलमा टच लाइन सम्हालेका थिए ।
जुन खेल प्रशिक्षकको रुपमा ब्रुसको १ हजार खेल थियो ।६० वर्षीय ब्रुसको नेतृत्वमा न्युकासलले खराब प्रदर्शन गरिरहेको छ ।







