कसैको जितमा कसैको हार भेटिन्छ।
बाबू यो संसार हो यहाँ संसार भेटिन्छ।
टीका भेटिन्न अबिर भेटिन्न त के भयो,
छाम्छु खुसी लाग्छ यो निधार भेटिन्छ।
भेटिन्न अपराधी कहाँ भेटिन्छ होला?
यहाँ त अपराधको अखबार भेटिन्छ।
म फेरि जिन्दगीको परिभाषा भेट्छु,
बाटोमा फेरि कलमको घार भेटिन्छ।
© प्रदीप रोदन
गोरखा







