महेश सिंह सिरहा ७ पौष – सिरहाको विभिन्न स्थानीय तहहरुमा सुन्दर शान्त नेपाल ले सिरहाको संन्चारकर्मी नागरिक समाज र संघ संस्थाहरु बीच परियोजनाको त्रैमासिक समिक्षा सुझाव विषयक परामर्श बैठक भबियताको साथ सिरहाको लहानमा सम्पन्न भएको छ । कार्यक्रम रेनु कर्णको अध्यक्षतामा भएको थियो भने कार्यक्रममा २० जना सहभागीहरुको उपस्थिति रहेको परियोजना संयोजक देब राज पोखरेल ले जानकारी दिनु भयो । देशमा लैगिक हिंसा , नागरिकता ,शिक्षा,बाल बिवाह जस्तो समस्याको पहिचान गरि सुन्द् शान्त नेपाल र समग्र जन उत्थान केन्द्र ले समाजमा पछाडि पारिका सुदायको लक्षित गरि देशको ८ वटा जिल्लामा काम गर्दै छ । देशमा संघियता आईसके पछी स्थानीय तहमा कसरी गरिब,सीमान्तकृत समुहमा काम गरिरहेको अबस्था छ। स्थानीय तहमा सबै जनमानसको संघियता बुझाउने उदेश्यले सुन्द् शान्त नेपाल ले नागरिक लाई सुशासनका कुरा उठाईदिने र अवाज बिहिनहरुको अवाजलाई बुलन्द गर्दिने काम गर्ने गरेको छ् । र सीमान्तकृत समुदायमा पहुँच र समाजमा रहेका बालबिवाह , सुकुम्बासी , भुमीहिन जस्ता समस्याहरुलाई सहज र बाटो देखाई दिनेकाम यो परियोजनाले गरि रहेकोे छ । सिरहा जिल्लामा १७ वटा स्थानीय तह मधे दुई वटा स्थानीयतह लहान नगरपालीका र धनगढीमाई नगर पालिकामा काम गरि रहेको छ । बिगत केहि महिना गरेको कामको प्रभाव कस्तो देखीको छ त समाजमा त्यो सुझाव संकलन गर्न कार्यक्रमको आयोजना गरेको आयोजकले बताए ।