• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

एमालेमा आन्तरिक विवाद फेरि चर्किँदै


  •    सुचना डबली डेस्क / २०७८, ६ कार्तिक शनिबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा १० बुँदे सहमति कार्यान्वयन नभएपछि पुनः विवाद भएको छ ।

    पार्टीभित्रको विवाद समाधान गरी पार्टीलाई एकताबद्ध बनाउन भएको १० बुँदे सहमति पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यान्वयन नगरेपछि विवाद चर्किँदै गएको हो ।

    गत २७ असारमा भएको १० बुँदे सहमति कार्यान्वयन नभएपछि एमालेभित्रको विवाद चर्किएको हो । पार्टी बैठकको एजेन्डा समेत १० बुँदे सहमति नबनेको र सार्वजनिक कार्यक्रममै अध्यक्ष ओलीले सो सहमति ‘अर्थहीन’ भएको टिप्पणी गरेपछि पार्टीभित्र असन्तुष्टि बढेको छ ।

    बिहीबार र शुक्रबार एमाले स्थायी कमिटीको बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसे पनि विवाद समाधानका लागि भएको १० बुँदे सहमति कार्यान्वयन गर्नेबारे छलफलको एजेन्डा नै बन्न सकेन ।

    बैठकमा विधान महाधिवेशनको समीक्षा, ६ कात्तिकमा देशैभरिको वडा अधिवेशन, ९ कात्तिकमा हुने पालिका अधिवेशन, पार्टीको १०औं महाधिवेशन, हालै भएको अविरल वर्षाका कारण भएको जनधनको क्षतिसहित समसामयिक विषयबारे छलफल हुने एजेन्डा रहेको थियो ।

    तेस्रो धारका नेताले १० बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने माग गर्दै आएका छन् । एमालेभित्र विवाद चर्किएका बेला तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका स्थायी कमिटीका १० सदस्य सोही सहमतिको कार्यान्वयन गर्ने प्रतिबद्धता ओलीले गरेपछि एमालेमै फर्किएका थिए । राजधानी दैनिक

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.