सुबास बेल्बासे पौष ७ रुपन्देहि तराईका जिल्लाहरुमा अहिले शीतलहर र बाक्लो हुस्सुका करण जनजिवन प्रभवित भएको छ । चिसो बढेपछि अति गरिव जाडोबाट प्रभावित भएकाहरुलाई लुम्बिनी विकास मञ्च रुपन्देहीले न्यानो कपडा वितरण गर्ने योजना बनाएको छ ।
सितलहर तथा चिसोबाट बच्नका लागि जिल्लाको लुम्बिनी संस्कृतिक नगरपालिका, गैडहवा गाँउपालिका, कंचन लगायतका गाँउपालिकाहरुमा रहेका मुसहर, नेटुवा, अति गरिव परिवारहरुहरुलार्ई न्यानो कपडा स्वेटर, पन्जा, टोपी, प्रत्येक घरधुरीलाई एक एक वटा ब्ल्यांकेट वितरण गर्ने योजना बनाएको लुम्विनी विकास मञ्चका अध्यक्ष सन्दिप गुप्ताले बताउनु भयो ।
जाडोमा बृद्धबृद्धा र बालबालिकाहरु बढि प्रभावित हुने हुंदा उनिहरुलाई न्यानो कपडा वितरण गर्ने योजना बनाएको उहाँको भनाई छ । रुपन्देही जिल्लाको गैडहवा गाउपालिका, कंचन गाँउपालिका र लुम्बिनी संस्कृतिक नगरपालिकामा मुसहर र नेटुवा बस्तीमा करिब ७०÷७५ घरधुुरी रहेका छन् । यो अभियानले उनिहरुलाई जाडो छल्न सहज हुने उहाँको भनाई छ ।
“उहाँले भन्नु भयो मैले यो अभियान सुरु गरेको छु, यस अभियानमा मलाई विभिन्न संघ–संस्था, विभिन्न ब्यक्तिहरुबाट सहयोग र हौसला मिलिरहेको छ । धेरै हैन थोरै तर सबैले सहयोग गरौं । तपाईको सहयोगले कसैको जिवन बाँच्ने छ । उनिहरुको अर्शिवाद मिल्ने छ ।
“न्यानोको अभावमा कोही मर्न नपरोस्, आफ्नो घरमा भएको प्रयोगमा नआएका कपडा खेर नफालौं ” भन्ने नारा सहित अहिले संस्थाले न्यानो कपडा संकलन कार्यलाई तिब्र परेको छ । संकलन भएको कपडा निशुल्क रुपमा अनाथ, अति गरिव विपन्न परिवार, बृद्धबृद्धा, बालबालिकाहरुलाई वितरण गरिने संस्थाका सचिव सुवास पुनले बताउनु भयो ।