काठमाडौँ । आज साताको पहिलो दिन आइतबार सुनको मुल्यमा वृद्धि भएको छ ।
गत शुक्रबार तोलामा ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर तोलाको ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको हो ।
त्यस्तै, तेजाबी सुनको भाउ पनि आज तोलामा ४ सयले नै बढेको छ । आज तेजाबी सुनको भाउ तोलामा ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंले जनाएको छ ।
त्यसैगरी, आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको महासंघले जनाएको छ । आज चाँदीको भाउ तोलामा १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।







