• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

वाणगंगा मा फुड फेस्टिबल महोत्सव सम्पन्न


  •     / २०७६, ८ पुष मंगलवार प्रकाशीत

  • Advertisement

    कपिलवस्तु ,८ पुष  कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं ११ ओदारीमा अवस्थित लिटिल स्टार सेकेन्डरी इङ्गलिस बोर्डिङ्ग स्कुलमा मंगलबार फुड फेस्टिबल महोत्सव सम्पन्न गरिएको छ । इन्टरनेशनल स्कूल अवार्ड (आइ.एस.ए) परियोजना प्रदेश नं ५ अन्र्तगत स्थानिय थारु खानाका परिकारहरु र अन्य स्थानिय खानाका परिकारहरु बनाई शिक्षकको क्रियाकलाप अन्र्तगत स्थानिय खाना महोत्सव सञ्चालन भएको हो । महोत्सवमा प्रदेश पाँचका सांसद विष्णु पन्थीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सांसद पन्थीले विद्यालयले आई.एस.ए अर्थात इन्टरनेशनल स्कूल अवार्ड प्राप्त गर्न सफल होस भन्दै शुभकामना दिनुभयो ।

    त्यस्तै नगरपलिका भित्र सबैकुराले सम्पन्न विद्यालयहरु हुँदा हुँदै पनि यहाँका विद्यार्थीहरु शिक्षा प्राप्त गर्न बाहिर जानु बिडम्बना भएको भन्दै वाणगंगा नगरपालिका शिक्षाका क्षेत्रमा कुनैपनि तवरबाट कमजोर नरहेको पनि स्पष्ट पार्नुभयो । उहाँले नगरपालिका र प्रदेश सरकार दुवै मिलेर लागेमा शिक्षामा अझ धेरै गुणस्तर आउने प्रतिबद्धता समेत जाहेर गर्नुभएको छ । त्यस्तै नगरपालिका शिक्षा शाखा प्रमुख बावुराम भट्टराई, नगर प्रमुख मंगलप्रसाद थारु, उप प्रमूख चक्रपाणी अर्याल र शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख थानेश्वर घिमिरेको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा विभिन्न परिकारका खानाको प्रर्दशनी गरिएको थियो । कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक शिक्षिकाहरु,जनप्रतिनिधी,समाजसेवी बुद्धिजीबीहरु लगाएतको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.