काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्री बिरामी भएपछि वीर अस्पतालमा भर्ना भएकी छिन् ।
निमोनिया र ज्वरो आएपछि उनलाई बुधबार साँझ वीर अस्पतालमा भर्ना गरिएको उनी निकट स्रोतले जानकारी दिएको छ ।
सामान्य ज्वरो आएपछि मन्त्री झाँक्री सोमबारदेखि नै मन्त्रालय गएकी थिइनन् । अहिले भने मन्त्री झाँक्रीको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जनाएको छ ।







