काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५ सय ७७ जनाको पीसीआर परीक्षण गर्दा ३९५ जना र ३ हजार ३ सय ३६ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जना गरी ४४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ भने ४३९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।







