सबैका आ-आफ्नै प्रकारका बिचार हुन्छन्
जरुरी हुँदैन सबैका सपना सकार हुन्छन् ।
व्यवहारले मात्रै पुष्टिगर्छ मानिसको ढाँचा,
बिचार अल्छिहरूका पनि हुनेहार हुन्छन्।
चुनावकै बेलामा हेरौँला नेताहरूको चाल,
जे भन्छौँ सबै आश्वासन लगातार हुन्छन्।
जनता कति दयालु चोरलाई दिन्छौ चाबी,
नेता झनै सत्तालिप्साकै धेरैँ बिमार हुन्छन्।
काम आफै बिराउँछन् समयमा जनताले,
आखिरमा सराप्ने आ-आफ्नै निधार हुन्छन्।
देशका नेताहरूलाई तानाशाह बनाउने खै,
आसे-पासे उन्को नजिका अखबार हुन्छन्।







