• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

‘पद्मरत्न तुलाधर स्मृति राष्ट्रिय प्रतिष्ठान’को घोषणा


  •    सुचना डबली डेस्क / २०७८, १७ कार्तिक बुधबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ । वरिष्ठ मानवाधिकारवादी नेता पद्मरत्न तुलाधरको तेस्रो पुण्यतिथिका अवसरमा ‘पद्मरत्न तुलाधर स्मृति राष्ट्रिय प्रतिष्ठान’ गठन गरिएको छ ।

    प्रतिष्ठानको अध्यक्षमा पूर्व सभामुख दमननाथ ढुङ्गाना रहेका छन् भने संरक्षकमा जनकवि दुर्गालाल श्रेष्ठ रहेका छन् ।

    प्रतिष्ठानको उपाध्यक्षमा डा.चुन्दा बज्राचार्य, महासचिवमा डा.ओम गुरुङ, सचिवमा पासाङ शेर्पा र कोषाध्यक्षमा सुम्निमा तुलाधर रहेका छन् । काठमाडौँको शङ्खधर उद्यान (पुरानो रत्नपार्क) भित्र काठमाडौँ महानगरपालिकाले स्थापना गरेको तुलाधरको प्रतिमामा माल्यार्पण गर्दै मङ्गलबार उक्त प्रतिष्ठानको घोषणा गरिएको हो ।

    उक्त घोषणासभालाई सम्बोधन गर्दै काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पद्मरत्न तुलाधरले आफ्नो स्वास्थ्यभन्दा देशको स्वास्थ्यप्रति बढी चिन्ता लिने राष्ट्रिय नेता भएको बताए ।

    काठमाडौँको मौलिकता जगेर्ना गर्न धर्मपथस्थित काठमाडौँ महानगरपालिकाको पुरानो भवन रहेको जग्गामा करिब २७ करोड रुपैयाँको लागतमा ‘येँ देय् सांस्कृतिक छेँ’ नामक सांस्कृतिक भवन बनाउन लागिएको जानकारी पनि उनले दिए ।

    प्रतिष्ठानका अध्यक्ष ढुङ्गानाले देश बनाउने मामिलामा स्व.तुलाधरले राखेको  दृष्टिकोणलाई राजनीतिक पूर्वाग्रहले हेर्न नहुने बताउँदै भने- ‘पद्मरत्न काठमाडौँले जन्माएको नेता हुनुहुन्छ, उहाँले आफ्नो राम्रो कामबाट काठमाडौँको छवि नै उठाइदिनुभयो ।’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.