• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

कवि कलानिधि दाहालको कृति ‘आफैं भए सुन्दर’को लोकार्पण


  •    सुचना डबली डेस्क / २०७८, १७ कार्तिक बुधबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ । कवि कलानिधि दाहालको कृति ‘आफैं भए सुन्दर’को लोकार्पण आज सम्पन्न भएको छ ।

    दाहालका ८९ वटा शार्दूलविक्रीडित छन्द मात्र सङ्ग्रिहित सो पुस्तकको लोकार्पण जुम कार्यक्रममार्फत भब्य रुपमा सम्पन्न भएको हो ।

    उक्त कार्यक्रममा डा.गोविन्दराज भट्टराईको सभापतित्व, प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव प्राध्यापक जगतप्रसाद उपाध्यायको प्रमुख आतिथ्य, प्राज्ञ देवी नेपाल र गजलनायक घनश्याम परिश्रमीको विशिष्ट आतिथ्य,नेपाली साहित्यकार विश्वसञ्जालका परिकल्पनाकार स्पन्दन विनोदको सटिक सञ्चालन,यसै सञ्जालकी रचना संयोजक कमला महतको थियो ।

    संयोजकत्व,कुमार शर्मा अविरलको प्रविधि संयोजन प्राध्यापक तथा प्रज्ञाका सदस्यसचिव प्रमुख अतिथि जगतप्रसाद उपाध्याय,प्राज्ञ देवी नेपाल र गजलनायक घनश्याम परिश्रमीले कृतिविमोचनपछि कृतिका बारेमा चिरफार गरे ।

    यस बीचमा कृतिभित्रका रचनावाचन स्वरशिखर र स्वर हिमरानीहरू-शिव त्रिपाठी,बलराम दाहाल,योगेन पौडेल,बालकुमार क्षेत्री,स्पन्दन विनोद,आरती विष्ट,कल्पना काफ्ले,रञ्जु गौतम घिमिरे,सविता वराल,इन्दिरा दाहाल,अञ्जना न्यौपाने,गोमा रेग्मी,सुशीला शर्मा धमाला,सरु बस्नेतले कोयलकण्ठ ध्वनित गरे भने बालप्रतिभा सिर्जन नेपालले पनि एक अनुच्छेद वाचन गर्न भ्याए ।

    यस अतिरिक्त देवकोटा जन्मसन्दर्भका रचना वाचन गरी कृतिकारलाई धन्यवाद दिने व्यक्तिहरूमा-गोमा उप्रेती,हरिविनोद खतिवडा,वीरेन्द्र नेपाल,तोयानाथ सुवेदी,प्रभा पोख्रेल,भावना न्यौपाने भवानी,घनश्याम पौडेल,गणेश लोहनी,वासुदेव ठकुरी,छत्रपति दाहाल,तारा घिमिरे,नारायण भट्टराई,कमला महत र कल्पना दाहाल रहे भने अध्यात्म चिन्तक हरिभक्त सिग्देलले शुभकामना मन्तव्य प्रस्तुत गरी कार्यक्रम सम्पन्न हुँदा ठिक पाँच बजे शुरु भएको कार्यक्रम एघार बजे सकियो।

    यसै बीच कृतिकार कलानिधि दाहालले सबैलाई धन्यवाद दिए मन्तव्यकै क्रममा भने सञ्चालक स्पन्दन विनोदले कार्यक्रमको अन्त्य गरे।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.