• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

प्यूठानमा जिल्ला क्रिकेट सङ्घ तदर्थ समिति गठन


  •    सुचना डबली डेस्क / २०७८, २३ कार्तिक मंगलवार प्रकाशीत

  • Advertisement

    काठमाडौँ । प्यूठानमा जिल्ला क्रिकेट सङ्घ तदर्थ समिति गठन भएको छ ।

    मंगलबार प्यूठानको जुम्रीमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्यामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले तेजबहादुर पुनको अध्यक्षतामा ११ सदस्यिय जिल्ला क्रिकेट सङ्घ तदर्थ समिति गठन गरेको हो ।

    योसँगै नेपाल क्रिकेट सङ्घ (क्यान) को जिल्ला सदस्यता प्राप्तको लागि प्यूठानलाई पनि बाटो खुलेको छ । निर्विरोध रुपमा गठन भएको समितिको उपाध्यक्षमा सन्दीप श्रेष्ठ, सचिवमा जीवन खनाल र कोषाअध्क्षमा आशिष श्रेष्ठ छन् ।

    त्यस्तै, सदस्यहरुमा महेन्द्र विक उमेश घर्तिमगर, मिलन राना, गणेश गिरी, किरण बुढामगर, अमित थापामगर र हुकुम परियार छन् । दुई दशकदेखि सक्रिय रुपमा प्यूठानमा क्रिकेट प्रतियोगिता भएपनि सङ्घ नहुँदा जिल्लामै सिमित भएको थियो ।

    जिल्लामा भएको दुई सय भन्दाबढी भेलाले तेजबहादुर पुन सहितको टिमलाई सर्वसम्मत चुनेको हो । तेज जिल्लामा लामो समयदेखि क्रिकेट विकासमा लागि पर्दै आएका एक समर्थक हुन् । अबको आफ्नो उद्देश्य क्यानबाट पूर्ण सदस्यता मान्यता पाउने तेजले बताएका छन् ।

    ‘हामी सङ्घमा नहुँदा लामो समयदेखि पछि पर्दै आएका थियौँ । जिल्लामा लगातार प्रतियोगिता हुँदै आएका छन् । खेलाडीहरुपनि राम्रो छन् । हामी यसलाई व्यवस्थित गर्दै अघि बढ्ने छौँ’, अध्यक्ष पुनले भने ।

    ‘अब हामी क्लब दर्तामा ध्यान दिने छौँ । जिल्लामा १० वटा निरन्तर खेल्ने क्लब पनि छन् । त्यसलाई हामी १५ सम्म पुर्याउने छौँ । यसबाट अझ धेरैँ क्रिकेट खेलाडी आउने छन् । हामी नेपालकै एक उदाहरणीय जिल्ला बन्न चाहन्छौँ’, पुनले भने ।

    प्यूठानमा ७ गाउँपालिका र २ नगरपालिका रहेका छन् । सबै स्थायिनतहमा क्रिकेट सक्रिय रुपमा रहँदै आएका छन् । गतवर्ष प्रधानमन्त्री कप एकदिवसिय प्रतियोगिताको लागि प्यूठानले प्रदेश छनोट खेल्न दाङसँग सिरिज खेलेको थियो ।

    नेपाली क्रिकेट समर्थक समाजको समन्वयमा गतवर्ष जिल्ला छनोट हुँदै दाङसँग मैत्रीपूर्ण सिरिज खेलेको थियो । सङ्घ नहुँदा प्रदेश छनोट खेल्न नपाएपछि दाङसँग सिरिज खेलेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.