काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य ४ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।
महासंघले आजलाई छापावाल सुनको मूल्य तोलामा ९२ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९२ हजार २०० रुपैयाँ तोकेको छ । हिजो छापावाल सुनको मूल्य तोलामा ९२ हजार ३०० र तेजाबी सुनको मूल्य ९१ हजार ८०० रुपैयाँ थियो ।
यसैगरी, सुनको मूल्य घटेको दिन चाँदीको भाउ भने स्थिर छ । आज चाँदीको मूल्य प्रतितोला १२ सय ५० रुपैयाँ कायम रहेको महासंघले बताएको छ ।







