मकवानपुर । मकवानपुरमा १२२ किलो अवैध लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको राक्सिराङ गाउँपालिका- २ बस्ने ४२ वर्षीय नर बहादुर मुक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







