• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया फाइनलमा प्रवेश


  •    सुचना डबली डेस्क / २०७८, २६ कार्तिक शुक्रबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ । पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

    पाकिस्तानले प्रस्तुत गरेको १ सय ७७ रनको लक्ष्य अष्ट्रेलियाले ६ बल अगावै ५ विकेट गुमाएर पुरा गर्यो ।

    अष्ट्रेलियाको जितमा म्याथ्यु वेड र मार्कस स्टोइनिस नायक रहे । दुवैले हातबाट फुस्किसकेको खेलमा अष्ट्रेलियालाई उत्कृष्ट पुनरागमन दिलाए । दुवैले ८१ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए । वेड ४१ र स्टोइनिस ४० रनमा अविजित रहे ।

    अष्ट्रेलियाका लागि ओपनर डेभिड वार्नरले सर्वाधिक ४९ रन बनाए । अर्का ओपनर तथा कप्तान आरोन फिन्च शुन्य रनमा पेविलियन फर्किएका थिए । मिचेल मार्सले २८ रन बनाए । स्टेभन स्मिथले ५, ग्लेन म्याक्सवेलले ७ रन बनाए । पाकिस्तानका शाहब खानले ४ तथा शाहिन साह अफ्रिदीले १ विकेट लिए ।

    यसअघि, दुबईको अबुधाबीमा पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो । पाकिस्तानका लागि मोहमद रिजवाल र फकर जमानले शानदार अर्धशतकीय इनिङ्स खेलेका थिए ।

    रिजवानले ६७ रन बनाए । उनले ५२ बलमा ३ चौका र ४ छक्काको मदतले सो रन बनाए । जमान ५५ रनमा नटआउट रहे । उनले ३२ बलमा ३ चौका र ६ छक्का प्रहार गरे ।

    कप्तान बाबर आजमले ३९ रनको योगदान दिए । उनले ३४ बलमा ५ चौकाको मदतले सो रन बनाए । सोएब मलिक एक, आशिफ अली शुन्य रनमा पोविलियन फर्कदा मोहमद हाजिफ १ रनमा अविजित रहे ।

    अष्ट्रेलियाका मिचेल स्टार्कले २ तथा एडम जाम्पा र प्याट कुमिन्सले समान १–१ विकेट लिएका थिए । प्रतियोगिताको एकमात्र अपराजित टिम पाकिस्तान सेमिफाइनलमा अष्ट्रेलियासँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

     

     

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.