प्युठान। प्युठानमा मोटरसाईकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
जिल्लाको सरुमारानी गाउँपालिका-२ ददेरीका ११ वर्षीय सुदिप जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
प्युठानबाट भालुवाङतर्फ जाँदै गरेको रा ४ प ५०४८ नम्वरको मोटरसाईलकलले शनिबार दिउँसो ददेरीमा ठक्क दिँदा गम्भीर घाइते भएका जिसीलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।
प्रहरीका अनुसार मोटरसाईकल चालक अहिले फरार छन् ।







