काठमाडौँ । रोल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्युु भएको छ भने तीन जना घाइते भएका छन् ।
जिल्लाको माडी गाउँपालिका–६ हान्निङबाट घर्तीगाउँका लागि छुटेकाे रा १ ज ३८२ नम्बरको यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जना पुरुष र एक जना महिलाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
उक्त जीप दुर्घटनामा माडी–६ हान्निङका ५१ वर्षीय रुद्र पुन, ५३ वर्षीय टेकबहादुर पुन र ४७ वर्षीया चौसरा विककाे ज्यान गएकाे छ ।
दुर्घटनामा त्यही वडाका २१ वर्षीया दीना घर्ती, १८ वर्षीय पुन र २१ वर्षीया कल्पना विक घाइते भएका छन् । घाइते भएका तीन जनालाई उपचारका लागि रोल्पा अस्पताल रेउघा ल्याइँदै गरिएको प्रहरीले बताएको छ।







