• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

नेप्सेमा उच्च अङ्कको वृद्धि, आठ कम्पनीको सेयरमा सर्किट


  •    सुचना डबली डेस्क / २०७८, ३० कार्तिक मंगलवार प्रकाशीत

  • Advertisement

    काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार हुने साताको तेस्रो दिन नेप्से ६९.२२ अङ्कले बढेर दुई हजार ७८४.५७ मा पुगेको छ ।

    यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १४.९२ अङ्कले बढेर ५२१.४६ मा पुगेको छ । नेप्सेमा सुधार भए पनि कारोबार रकम भने औसतमा रहेको छ । कूल २२७ कम्पनीको एक करोड ९३ हजार २२१ कित्ता सेयर रु पाँच अर्ब ५२ १६ करोड ५० लाख ८५७ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहको शेयर नै उकालो लागेको छ ।

    बैंकिङ ३४.३९, व्यापार ६३.४२, होटल तथा पर्यटन ७०.६, विकास बैंक १११.२४, जलविद्युत् १६४.२, वित्त ८२.३८, निर्जीवन बीमा १८८.२४, उत्पादन १२८.१५, अन्य १११.७६, लघुवित्त ८९.५५, जीवन बीमा २७०.६१, सामूहिक लगानी कोष ०.१३ र लगानी १.५९ अङ्कले बढेको छ । कारोवारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ३७ करोड २६ लाख ८८ हजार ४९८ बराबरको कारोबार भयो ।

    यस्तै, नेशनल हाइड्रोपावर रु ३० करोड ४२ लाख १९ हजार ७९९, अपि पावर कम्पनी रु २३ करोड ३६ हजार ७३ हजार ४३५, लुम्बिनी विकास बैंक रु १८ करोड २४ लाख ८३ हजार र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड रु १६ करोड ४३ लाख ३९ हजार २४९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

    मङ्गलबारको कारोबार पछि बजार पूँजीकरण रु ३९ खर्ब १६ अर्ब ४४ करोड ७८ लाख ४८ हजार ३८३ बराबर पुगेको छ ।

    आठ कम्पनीको शेयरमा सर्किट

    नेप्सेका अनुसार कारोबार भएका विभिन्न कम्पनीमध्ये आज आठ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

    ती कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको हो । नेपाल बङ्गलादेश बैंक, नेपाल दूरसञ्चार कम्पनी, महालक्ष्मी विकास बैंक, पञ्चकन्या माई हाइड्रोपावर, माथिल्लो तामाकोशी, मानुषी लघुवित्त र तेह्रथुम पावर कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

    यस्तै, विजय लघुवित्त २.३७, नेपाल एसबिआई बैंकको डिवेञ्चर २.३४, लक्ष्मी इक्विटी फण्ड १.७६, मिथिला लघुवित्त एक, एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले ०.९५ प्रतिशतले गुमाए ।

     

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.