• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

नियात्राकार डङ्गोलले ल्याए ‘पैतालमा हिउँ आँखामा हिमाल’


  •    सुचना डबली डेस्क / २०७८, ३० कार्तिक मंगलवार प्रकाशीत

  • Advertisement

    काठमाडौँ । नियात्राकार राजेन्द्रमान डङ्गोलको ‘पैतालामा हिउँ, आँखामा हिमाल’ नियात्रासङ्ग्रह बजारमा ल्याएका छन् ।

    त्रिशूली वाङ्यमय प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक रमेशप्रसाद भट्टराईलगायत साहित्यकारहरूले सो कृतिको लोकार्पण गरेका हुन् ।

    कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका प्राध्यापक भट्टराईले विमोचन पश्चात भने,‘डोमेस्टिक ट्राभलमा यति शक्तिशाली पुस्तक मैले पढेको छैन।’ उनका दृष्टिमा नेपालको पर्यटन र यात्रा साहित्यमा यो विश्वस्तरीय कृति हो ।

    त्रिभुवन विश्वविद्यालयका अर्का प्राध्यापक तथा समीक्षक राम लोहनीले समीक्षात्मक टिप्पणीमा ‘यात्रा साहित्यको शानदार र उत्कृष्ट सङ्ग्रह’ भनेर प्रशंसा गरे। उनका अनुसार लेखनशैली काव्यात्मक छ,अभिव्यक्ति कला सशक्त र सुन्दर छ,लेखनमा शरीर र मनले गर्ने अनुभूतिहरू व्यक्त छन्। लेखकमा भरपूर राजनीतिक चेतना छ।अभिव्यक्तिमा व्यङ्ग्यचेत र हास्यचेत छ।प्रस्तुतिमा कथ्य,किम्बदन्ती र ऐतिहासिक तथ्यहरू छन्।वर्णनमा समाज छ,संस्कृति र प्रकृति छ।अधिकांश वाक्यहरू उद्धरणलायक छन् ।

    प्रा.लोहनीको निष्कर्षअनुसार ‘पैतालमा हिउँ आँखामा हिमाल’पदयायात्रामा जानेहरूका लागि हाते पुस्तक हो,ट्रेकिङ व्यवसायीहरूका लागि व्यावसायिक मार्गदर्शन हो,साहित्यकार र साहित्यका पाठकहरूका लागि उत्कृष्ट कृति हो ।

    अर्का लेखक तथा समीक्षक श्रीओम श्रेष्ठ रोदनका विचारमा ‘अलेखकहरू सौखिन लेखक’ बन्ने लहर चलेका बेला राजेन्द्रमानको ‘पैतालामा हिउँ र आँखामा हिमाल’ ले उत्कृष्ट ठानिएका केही नियात्रा सङ्ग्रहरूलाई धेरै पछाडि पारिदिएको छ।

    रोदनले लेखनलाई काव्यले रङ्गाएको र अनुभूतिले सजाएको उत्कृष्ट कृति दिएको भन्दै राजेन्द्रमानको अभिव्यक्तिकलाको मुक्त कण्ठले प्रशंसा गरे।

    उनले आफ्नो निष्कर्ष सुनाए–पुस्तकमा समाजशास्त्रीय दृष्टि छ,भाषाशैली अत्यन्त सरल छ, शोध–अनुसन्धानका लागि उपयोगी छ। यो सङ्ग्रह पढेर नेपाली पाठकमात्रै होइन,राजेन्द्रमानसँग यात्रामा जोडिएर आएका विदेशहरू पनि धन्य हुनेछन्।

    प्रसिद्ध नियात्राकार दामोदर पुडासैनी किशोरका विचारमा यात्रा लेख्नु जीवन लेख्नु हो, राजेन्द्रमानले जीवन लेखेका छन्।कमजोर नियात्रा साहित्यको बाढीमा ‘पैतालमा हिउँ आँखामा हिमाल’ विशिष्ट शैलीको कृति हो।

    प्राध्यापक तथा साहित्यकार गार्गी शर्माले राजेन्द्रमानको लेखनकलाको प्रशंसा गर्दै आफूलाई मन परेका केही विशेषणहरू उद्धृत गरिन्। दीपक महतका विचारमा ‘पैतालामा हिउँ आँखामा हिमाल’अङ्ग्रेजी भाषामा अनुवाद गरेर विश्वभर फैलाउनु पर्छ।अर्का वक्ता विक्रम पाँणेले कृतिले राजेन्द्रमानको मान बढाएको बताउँदै भविष्यमा उनको जन्मघर र जन्मस्थान साहित्यिक पर्यटनको थलो हुने विश्वास प्रकट गरे ।

    कृतिमा ११ वटा मूल शीर्षकअन्तर्गत स्वतन्त्र शीर्षकसहित ३१ वटा यात्रा निबन्ध समेटिएका छन्।कृति भन्डै चार सय पृष्ठको छ।लेखक राजेन्द्रमान पेसाले पर्यटन व्यवसायी हुन्। उनी नियात्रा लेख्छन्। नियात्रामा यो उनको दोस्रो कृति हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.