• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

चलचित्र कलाकार संघद्वारा सदस्यता दिने कार्य स्थगित


  •    सुचना डबली डेस्क / २०७८, १ मंसिर बुधबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ । नेपाल चलचित्र कलाकार संघले सदस्यता दिने कार्य हाललाई स्थगित गरेको छ ।

    चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खडकाको अध्यक्षतामा कार्तिक २५ गते बसेको कार्यकारिणी समितिको बैठकले संघले कलाकारहरूलाई प्रदान गर्दै आएको सदस्यता र सदस्य कलाकारहरूको निवेदन अनुसार प्रदान गर्दै आएको सिफारिस हाललाई स्थगित गर्ने निर्णय गरेको हो ।

    साथै बैठकले हालसम्म सदस्यताका लागि परेको आवेदन माथि छानवीन गर्ने र सिफारिसमा केही विदेशी नियोगबाट सदस्य कलाकारको बारेमा सोधनी भइ आएकोले संघ र कलाकारको गरिमालाई यथावत राख्नु जरूरी भएकाले सो सम्बन्धमा सम्बन्धित पक्षसँग पत्राचारगरी सत्य तथ्य पत्ता लगाउनु आबश्यक भएकाले हाललाई सिफारिशसमेत स्थगित गर्ने निर्णय गरेको हो भनि बताइएको छ ।

    संघले कम्तिमा पाँच बटा ब्याबसायिक चलचित्रमा अनुबन्ध भएर काम गरेका कलाकारलाई साधारण सदस्य प्रदान गर्ने बिधानमा उल्लेख गरिएको छ । केही सदस्यताको आवेदन सम्बन्धमा उजुरीपरी बुझ्नु परेकाले संघले सदस्यताको विषयमा हाल छानबिन गर्न लागेको हो ।

    यसैगरी निर्माण प्रदर्शन र कलाकारको पेशागत उत्थानका लागि चलचित्र क्षेत्रलाई चलायमान बनाउन एकदिबसीय अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने पनि निर्णय गरेकोछ । उक्त समितिको संयोजकमा महासचिव चेतबहादुर सिंह राजा र सदस्य सचिवमा कोषाध्यक्ष सुनिल कटुवाललाई मनोनयन गरिएको छ । समिति एघार सदस्यीय रहनेछ ।

    सदस्यता र सिफारिसको स्थगनले कलाकारहरूमा पर्न जाने असुबिधाका लागि संघ क्षमा प्रार्थना गरेको कुरा नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले जनाएका छन् ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.