दाङ । दाङमा डाेजर पल्टिँदा एक जनाकाे मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
आज बिहान बङ्गलाचुली गाउँपालिकाको मुर्कुट्टीदेखि बङ्गलाचुली पार्कको भ्युटावर जोड्ने सडक मर्मतका क्रममा रा १ क ९१४ नम्बरको डोजर पल्टिदा डाेजर चालक दाङ घोराहीका २२ वर्षीय सुनिलकुमार विककाे ज्यान गएकाे हाे ।
यस्तै सो दुर्घटनामा डाेजरका सहचालक बर्दिया गुलरियाका राजकुमार चौधरी घाइते भएका हुन् ।







