काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ७ सय ७७ जनाको पीसीआर परीक्षण गर्दा २७१ जना र १ हजार १ सय ९५ जनाको एन्टिजेन परीक्षण गर्दा २५ जना गरी २९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा ३६९ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ ।







