• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

सङ्गीत क्षेत्रको विकासमा सहयोग गर्छु: मन्त्री आले


  •    सुचना डबली डेस्क / २०७८, ३ मंसिर शुक्रबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गीत सङ्गीत क्षेत्रको विकासका लागि आफूले पूर्णसहयोग गर्ने बताएका छन् ।

    सङ्गीत कर्मी सङ्घले आज शुक्रबार काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको आफ्नो पाँचौ महाधिवेशनको उद्घाटन कार्यक्रममा मन्त्री आलेले काला, संस्कृति तथा सङ्गीत क्षेत्रको विकासका लागि आवश्यक सहयोगका लागि आफू तयार रहेको बताए ।

    सो अवसरमा मन्त्री आलेले सङ्गीत क्षेत्रको विकासका लागि आफूले सक्दो बजेटसमेत विनियोजन गराउने आश्वासनसमेत दिए । उनले भने, “कला, संस्कृति र गीत–सङ्गीत भनेका हाम्रा गहना हुन, यसको संरक्षण र विकास गर्नु हाम्रो प्रमुख दायित्व हो, कला, संस्कृति र गीतसङ्गीतको विकासका लागि मैले बजेट विनियोजन गराउँछु ।” मन्त्री आलेले नेपालका सबै क्षेत्र तथा भाषाभाषीका कला, संस्कृति र गीतसङ्गीत देश विदेशसम्म फैलाउन र चिनाउनका लागि सबै कलाकार तथा सङ्गीत कर्मीसँग आग्रहसमेत गरे ।

    सङ्गीत बिना अधिकांश काम तथा कला अधुरा हुने भएकाले सङ्गीत क्षेत्रको विकास नै आजको प्रमुख आवश्यकता भएको समेत मन्त्री आलेले उल्लेख गरे । उनले भने, “सङ्गीत बिना अधिकांश काम तथा कला अधुरा हुने भएकाले सङ्गीतको विकास गर्नु प्रमुख आवश्यकता भएको छ ।” सोही अवसरमा सङ्गीत कर्मी सङ्घले मन्त्री आलेलाई सम्मानसमेत गरेको थियो ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जेनजी आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा, मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ दिइने
    सुशिला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
    सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति, आजै शपथ
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. जेनजी आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा, मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ दिइने

    • २. एसिया कपः आज भारत र पाकिस्तान भिड्दै

    • ३. ​सुमना श्रेष्ठले छाडिन् रास्वपा

    • ४. सुशिला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री

    • ५. सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति, आजै शपथ

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.