• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

एमाले महाधिवेशनमा लुम्बिनीबाट ७५ हजार प्रतिनिधि


  •    सुचना डबली डेस्क / २०७८, ३ मंसिर शुक्रबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आगामी १० देखि १२ गतेसम्म चितवनमा हुने १०औँ राष्ट्रिय महाधिवेशनमा लुम्बिनीबाट ७५ हजार प्रतिनिधि सहभागी हुने भएका छन् ।

    महाधिवेशन प्रचारप्रसार समिति लुम्बिनीले आज बुटवलमा पत्रकार सम्मेलन गरी महाधिवेशनको तयारी तीव्र बनाइएको जनाउँदै रुपन्देहीबाट २२ हजारसहित १२ जिल्लाका प्रतिनिधि सहभागी हुने जानकारी गराएको छ । पत्रकार सम्मेलनमा नेकपा एमाले लुम्बिनीका अध्यक्ष लीला गिरीले महाधिवेशन सम्पन्न गर्न लुम्बिनीमा विशेष तयारी गरिएको बताए ।

    महाधिवेशन प्रचारप्रसार विभाग लुम्बिनीका प्रमुख झपेन्द्र जिसीले ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौँ’, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने मूल नारासहित हुन लागेको महाधिवेशनले एमालेलाई अझै बलियो बनाउने बताए । एमाले प्रचारप्रसार विभाग केन्द्रीय सदस्य डिआर घिमिरेले रुपन्देहीमै चितवन महाधिवेशनको झल्को दिने गरी बुटवलका विभिन्न स्थलमा डिजिटल बोर्डको व्यवस्थापन तथा आकर्षक गेट निर्माणको तयारी गरिएको जानकारी गराए ।

    प्रचारप्रसार विभाग लुम्बिनीका सदस्य तथा पार्टी प्रचारप्रसार रुपन्देहीका प्रमुख मोहन चापागाईंले यस पटकको महाधिवेशनलाई डिजिटलाइजेशन बनाउने गरी तयारी भइरहेको बताउँदै इ भोटिङ प्रणालीसँगै प्रचारका शैलीमा पनि परिवर्तन गरिएको बताए ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.