काठमाडौँ । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिख पराजित भएको छ । गएराति भएको खेलमा बायर्न अग्स्बर्गसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
रोबर्ट लेवान्डोस्कीले एक गोल गरेपनि बायर्न पराजित भएको हो। खेलको २३ औं मिनेटमा माड्स पेडेरसनले गोल गर्दै अग्स्बर्गलाई सुरुआती अग्रता दिलाएका थिए।
खेलको ३६ औं मिनेटमा आन्द्रे हानले गोल गर्दै अग्स्बर्गलाई २-० को अग्रता दिलाए। त्यसपछि खेलको ३८ औं मिनेटमा लेवान्डोस्कीले गोल गरेपनि बायर्न २-१ ले पराजित भयो।







