• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

मदरसा बोर्डको नेतृत्वमा मस्जिद मदरसाको निरीक्षण


  •     / २०७७, ६ बैशाख शनिबार प्रकाशीत

  • Advertisement

    सुचना डबली संवाददाता
    कपिलवस्तु , वैशाख ६

    कपिलवस्तुको जवाभारी र चन्द्रौटामा रहेको मस्जिद मदरसा हरुमा तब्लीगी जमातीका मान्छेहरु लुकी छिपी रही रहेको भारतीय दैनिक पत्रिका राष्ट्रिय सहारा हिन्दीमा शनिवारका दिन प्रकाशित भएको खबर विना आधार र झूठो खबर प्रकाशित भएको मुस्लिम समुदायका अगुवा हरु ले दावी गरेका छन।
    भारतीय पत्रिकामा समाचार आए पछि प्रदेश नं। ५ मदरसा बोर्ड र राष्ट्रिय मदरसा संघ नेपाल को गम्भीर ध्यानाकर्षण भएको देखिन्छ। प्रदेश नं। ५ मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपाली राष्ट्रिय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डाक्टर अब्दुल गनी अल्कुफी, उपाध्यक्ष शैख जैस मक्की, ईप्रका बहादूरगंजका प्रहरी नायब निरीक्षक अभय राउत, शिवराज नगरपलिका वडा नं ७ का वडाध्यक्ष अनुप कुमार चौधरी वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रतिनिध लगायत पत्रकार हरुको टोली द्वारा स्थलगत अनुगमन गर्दा जवाभारी र चन्द्रौटाको मदरसा र मस्जिदमा कोइ पनि बाहिरी मान्छे वा जमात संग सम्बन्धित व्यक्ति भेटिएका छैन।

    मदरसा निरीक्षण गर्ने क्रममा प्रदेश नं।५मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपालीले भारतीय मिडीयामा आएको न्यूजमा कुनै सत्यता रहेको छैन। प्रशासन लगायत सबैको सहयोगमा निरीक्षण गरिएको र लाकडाउनको पाल्ना मस्जिद र मदरसा मा समेत पाल्ना भइ रहेको छ। बदनाम गर्ने काम कदापी कहि कतै बाट मुस्लिम समुदायको नहोस र समयको माग अनुसार हामी सबै धर्म जाति ले एक आपसमा आरोप प्रत्यारोप नगरेर कोरोना विरुद्ध लडाइमा एक जुट भएर लाग्नु पर्ने जिक्र गर्नु भयो। अनुगमनमा जवाभारी र चन्द्रौटाको मस्जिद र मदरसामा कोइ पनि नरहेको ठहर रह्यो।

     शिवराज नगरपालिका वडा नं। ७ का वडाध्यक्ष अनुप कुमार चौधरी ले अनुगमनका क्रममा जमाती हरु लुकेको खबर प्रति हाम्रो ध्यानाकर्षण भएको र संयुक्त रुपमा अनुगमन गर्दा मस्जिद र मदरसामा कोही पनि जमाती व भारतीय मौलाना नभेटिएको कुरा बताउनु भयो।
    राष्ट्रिय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डाक्टर अब्दुल गनी अलकुफी ले भारतीय मिडीयामा आएको केही जमाति जवाभारीमा रहेको प्रति गम्भिर ध्यानाकर्षण भएको छ। मदरसा बार्ड र प्रशासन को सहयोगमा निरीक्षण गर्दा कहि कतै कोही जमाति वा भारतीय मौलाना भेटिएको छैन र झूठो खबर सूत्र को हवाला दिदै न्यूज बनाउन एक दमै गलत रहेको र वास्तविकता बुझेर मात्र न्यूज बाहिर ल्याउन आग्रह समेत गरेका थिए।


    उक्त बिषयमा प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलका अनुसार अहिले प्रहरी र प्रशासन लगाएर खोज तलास जारी रहेको छ । अहिलेसम्म केही फेला परेको छैन । भारतीय मिडियाले भने जस्तो जमाती फेला नपरेको पौडेलले वताउनु भयो । तर जे कुरा आएका छन् त्यसका आधारमा सजगता अपनाएर खोजी गर्ने कार्यलाई अझै तीब्रता दिने पनि उहाँको भनाइ थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    प्यूठानमा भाेलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु जारी
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.