• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा सप्ताहब्यापी कार्यक्रमको समापन सम्पन्न


  •    सुचना डबली डेस्क / २०७६, १८ पुष शुक्रबार प्रकाशीत

  • Advertisement

    शिशिर के. सी.

    बुटबल , पौष १८ स्वास्थ्यका लागि खेलकुद रास्ट्रका लागि खेलकुद भन्ने उदेश्यले पौष १४ गतेबाट बुटबलको हाटबजारमा रहेको पब्लिक क्यामपसमा पौष १८ गते एक समारोहका बिच कार्यक्रम सम्पन्न भएको छ।विश्व बिद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रात्यायन प्राप्त सिद्धार्थ गौतम बुद्ध क्याम्पसले २०७६ पौष १८ गते भब्य समारोहको आयोजना गरि खेलकुद सप्ताहको समापन गरेको छ ।

    नव निर्वाचित ब्यवस्थापन समिति अध्यक्ष हिरा प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित उक्त समारोहमा क्याम्पस सेवाबाट अवकाश हुनुभएका प्राध्यापक र कर्मचारीहरु लाई सम्मान समेत गरिएको थियोे ।क्याम्पसका अतिरिक्त क्रियाकलाप समितिका संयोजक श्रीवत्स नेपालको संयोजनमा २०७६ पौष १४ देखि आयोजना गरिएका भलिबल, बास्केटबल, क्रीकेट, हाजिरीजवाफ, हिज्जे, निबन्धलेखन, वक्तृत्वकला लगायतका प्रतियोगितामा बिजयी र उत्कृष्ट प्रतियोगिहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।कार्यक्रममा सुभकामना मन्तब्य राख्दै अनेरास्ववियु का अध्यक्ष शिबलाल बेल्बासेले क्यामपसको शैक्षिक गुणस्तर देखि भौतिक संरचना समेत खस्कदै गएको र क्यामपसको कुनै पनि निकायले जिम्मेवारी रुपले नहेरेको जिकिर गर्नु भयो।

    क्याम्पसमा अध्ययनरत सम्पुर्ण बिद्यार्थिहरुले तिरेको पैसाले नै चलेको हुदा कसैले पनि गैर जिम्मेवारी रुपले नहेरेकै राम्रो र नब नियुक्त ब्यबस्थापन समिती अध्यक्ष लाई सुभकामना सहित सबैमा सहकार्य गरेर काम गर्नु पर्ने बताउनु भयो।त्यस्तै नेपाल बिद्यार्थि संगठनका सभापती महेश पौडेलले पनि मन्त्यब्य को क्रममा बिद्यार्थि संगठनले गरेको कार्यक्रममा बिद्यार्थि सबै उपस्थित हुने तर क्याम्पसको कार्यक्रममा बिद्यार्थि सबै उपस्थित हुन नसक्नु मा क्याम्पस प्रसासनमा अब औला ठडाउने बेला आएको बताउनु भयो। स्थापना कालमा पुर्ब रक्षामन्त्री बालकृष्ण खाणले गरेको योगदान लगायतको योगदानलाइ समेत कसैले गैर जिम्मेवारी रुपले नहेरिदिनु हुन अनुरोध गर्नु भयो। त्यसै गरि क्रान्तिकारी अध्यक्ष काशिराम आचार्यले क्याम्पसको खस्कदो शैक्षिक गुणस्तर र भौतिक संरचनाको कुरामा प्रशासनले जिम्मेवारी बहन गर्ने बेला आएको बताउनु भयो।पब्लिक क्याम्पस प्राध्यापक संघका कार्यबाहक अध्यक्ष शिवकुमार ज्ञवाली र निवर्तमान क्याम्पस प्रमुख बिष्णु प्रसाद रानाले आफ्नो मन्तव्यको क्रममा यस क्याम्पस देशकै नमुना सामुदायिक क्याम्पसको रूपमा विकसित भइरहेको र क्याम्पसबाट उत्पादित जनशक्ति विभिन्न संघसंस्थाका जिम्मेवार पदमा पुगेको बताउनु भएको थियो । सम्मानित सेवा निवृत संस्थापक प्राध्यापक एवं पुर्व क्याम्पस प्रमुख मुखिलाल चौधरी र कृष्णलाल जोशीले क्याम्पस स्थापनाकालदेखी हालसम्म भएका गतिविधिहरुको स्मरण गर्दै क्याम्पसले आफुहरुलाई गरेको सम्मानप्रती धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

    कार्यक्रममा नबनियुक्त ब्यबस्थापन अध्यक्ष हिरा प्रसाद श्रेष्ठले सम्बोधन गर्दै अब बिगतका दिनमा जसरी क्याम्पस नभइ कर्मचारी देखि क्याम्पसको शैक्षिक स्तर उकास्न देखि भौतिक संरचना समेतमा बिकाश गर्न आफुले सक्ने गर्ने कुरा जाहेर गर्नु भयो। अतिरिक्त क्रियाकलाप समिति संयोजक श्रीवत्स नेपालको स्वागत मन्तव्य रहेको उक्त समारोहका प्रमुख अतिथि नव निर्वाचित ब्यवस्थापन समिति अध्यक्ष हिरा प्रसाद श्रेष्ठ एवं क्याम्पस प्रमुख बाबुराम पाण्डेले क्याम्पसको भौतिक, शैक्षिक, प्राज्ञिक आर्थिक र सामाजिक सम्बन्धको विकासको लागि सरोकारवाला सम्पुर्ण पक्षहरुसंग समन्वय र सहकार्य गर्दै दीर्घकालीन रणनीतिक योजनाका साथ अगाडि बढने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।कार्यक्रममा क्याम्पस प्रमुख बाबुराम पान्डेको सभापतित्व र सहायक क्याम्पस प्रमुख रामनाथ उपाध्याय र रिता रेग्मिको संचालन मा कार्यक्रम सम्पन्न भएको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.