• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

तपाईंले भोट दिएर जिताएका नेता जितेपछी फर्केर आए त ?


  •    शिशिर के.सी. / २०७९, ९ बैशाख शुक्रबार प्रकाशीत

  • Advertisement

    आगामी बैशाख ३० मा देशैभर स्थानीय तहको निर्वाचन हुँदैछ । हरेक आर्थिक वर्षमा तपाईंको गाउँमा कति बजेट आयो, तपाइँको गाउँ ठाउमा विकास भयो त ? तपाइँका नेता जितेपछी गाउँ फर्केर आए त ? पक्कै आएनन् होलान् तर अब आउछन । चुनाव आयो आउन नि पर्यो नाई भने चुनाव जित्ने कुरा आएन । तपाइँको भोटले चुनाव जितेर गएपछि आफ्नो मात्र विकास गरे कि जनताको विकास गरे समिक्षा गर्ने वेला आएको छ ।

    तपाईं, हामी सबैलाई नेताले उल्लू बनाएको करिब ५ वर्ष पूरा भएछ । २०७४ को स्थानीय तहको निर्वाचन हुँदा, तपाइँसम्म नेता पक्कै आए होलान्, म फलानो पार्टीको उम्मेद्वार, यो चिह्नमा भोट दिनुस्, जितेपछि अनेक विकास गर्छु भनेका नेताहरु चुनाव जितेसँगै ति प्रतिवद्धता कार्यान्वयन भयो कि भएन भनेर समिक्षा गर्ने दिन आएको छ । जितेर जनताको विकास गर्नुपर्ने बेला आफ्नो विकास गरे होलान्, झुपडीमा बास थियो होला महल बनाए होलान्, दुब्लो थिए होलान अहिले मोटो भए होलान, पहिले बाईक हिड्ने अहिले कारमा चड्ने भए होलान । विकास भयो तर जनताको होइन आफ्नै ।

    नेताले यसरी झुक्काए कि उनीहरुले जे जे भने हामी त्यही मान्यौ तर हामीलाई चुनाव जितेर गएपछी चिन्नै छाडे । अब नेताले गल्ती त गरे अब स्थानीय तहको निर्वाचन आउदैछ । अब उनीहरुलाई कुन ठाउमा राख्ने हाम्रै हातमा छ । केहि आशा देखाउला, केहिलाई पैसाको भरको भोट किन्लान तर भोटका आधारमा फेरि भोट गरे विकास ५ वर्ष पछि सर्नेछ । फेरि उहीँ मान्छे आउँछ, मैले गल्ति गरे पनि साथ पाए भन्ने हौसलामा उसले अब अरु नपुगेको आफ्नो आवश्यकता थप्छ हाम्रो होइन ।

    त्यसैले सचेत हुन जरुरी छ । आगामी निर्वाचनमा सक्षम उम्मेद्वार छनोट गरौँ । हाम्रोलाई होइन राम्रोलाई भोट गरौं । राम्रोलाई नगरि हाम्रोलाई गरे ५ वर्ष त्यतिकै खेर जानेछ । बेलैमा विचार गरौं ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘तँ ठिक कि, म ठिक’ नेपालको राजनीतिक परिदृश्य
    छोरो मान्छे  भएर रुन्छन र ?
    चाडपर्वमा मौलाउने प्यूठानको भलिवल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.