• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

आइपिएलमा दिल्लीले पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो


  •    सुचना डबली डेस्क / २०७९, ३ जेष्ठ मंगलवार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, जेठ ३ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएरातिको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । पञ्जाब​ किंग्सलाई १७ रनले हराउँदै विजयी भएको हो ।

    जितसँगै दिल्ली अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । १६० रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाएर १४२ रन मात्र बनाउन सक्यो । उसका लागि जितेश शर्माले सर्वाधिक ४४ रनको योगदान दिए । ३४ बलको सामना गरेका उनले तीन चौका र दुई छक्का प्रहार गरे । राहुल चाहरले अविजित २५, जोनी बेरिस्टोले २८ र शिखर धवनले १९ रन जोडे ।

    दिल्लीका शार्दुल ठाकुरले चार, अक्षर पटेल र कुलदीप यादवले दुईरदुई तथा एनरिक नोर्टजेले एक विकेट लिए । ​त्यससअघि मुम्बईस्थित डिवाइ पाटिल स्पोर्ट्स एकेडेमी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १५९ रन बनाएको थियो । उसका लागि मिचेल मार्शले ६३ रनको अर्धशतकीय पारी खेले । ४८ बलको सामना गरेका उनले चार चौका र तीन छक्का प्रहार गरे । ​सर्फराज खानले ३२, ललित यादवले २४ र अक्षर पटेलले अविजित १७ रन बनाए । पन्जाबका लियाम लिभिङ्गस्टोन र अर्शदीप सिंहले तीनरतीन तथा कागिसो रबाडाले एक विकेट लिए ।

    यो जितसँगै प्लेअफ सम्भावना कायमै राखेको दिल्लीले १३ खेलमा १४ अंक जोडेको छ । पराजयसँगै प्लेअफ सम्भावना कमजोर बनेको पञ्जाब १३ खेलबाट १२ अंकका साथ सातौं स्थानमा छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.