• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

अमेरिकाविरुद्ध नेपाल पहिला ब्याटिङ गर्दै


  •    सुचना डबली डेस्क / २०७९, २८ जेष्ठ शनिबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, जेठ २८ । नेपालले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत दोस्रो खेलमा घरेलु टोली अमेरिकाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।

    ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा केहीबेरपछि सुरु हुने खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन्। नेपाल राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले आजको खेलमा तीन परिवर्तन गरेका छन्। विकेटकिपर विनोद भण्डारीसँगै ओपनरद्वय सुवास खकुरेल र सुनील धमला बेन्चमा राखेका छन्।

    उनले पहिलो रोजाईका आसिफ शेख, कुशल भुर्तेल र आदिल अन्सारीलाई मौका दिएका छन्। यस प्रतियोगिताको तयारी गर्दै गर्दा उनीहरु घाइते भएका थिए। जसकारण उनीहरुले ओमानविरुद्धको पहिलो खेल गुमाएका थिए।

    कुशल र आसिफ टोलीमा फर्किँदा सुनील धमला र सुवास खकुरेललाई बेञ्चमा राखिएको छ। ओमानवविरुद्धको खेलमा ओपनर सुवास ३ रनमा बोल्ड भएका थिए। त्यस्तै, पाँच वर्षपछि सिनियर टोलीमा फर्किँदै ओडीआईमा डेब्यू खेल खेलेका सुनिल ३८ बलमा १२ रन बनाउँदै बोल्ड भएका थिए। आदिलको यो ओडीआईमा डेब्यू खेल हो। उनी नेपाली राष्ट्रिय टोलीमा डेब्यू गर्ने ३२औं खेलाडी हुन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.